सर्पले टोकेमा के गर्ने, के नगर्ने ?

अहिले गर्मीको मौसम छ । यो मौसममा सर्पदंशका घटना निकै बढ्ने गरेको छ । सर्पले पहाड र तराई भागमा बर्सेनि टोक्ने गरेको घटना सुन्ने गरेका छौं । तराईको तुलनामा पहाडी सर्प कम विषालु हुन्छ भन्ने हुँदैन । बढ्दो जलवायु परिवर्तनका कारण अहिले पहाडी जिल्लाहरुमा पनि विषालु सर्प पाइएको छ । खासगरी गर्मी समयमा विषालु सर्प धेरै हुन्छ । विषालु सर्पकै टोकाइबाट मानिसको मृत्यु समेत हुने गरेको छ ।

विषालु सर्प कस्तो हुन्छ ?

नेपालमा सर्पको धेरै प्रजाति छ । तीमध्ये १८ प्रकारका सर्प विषालु रहेको पाइएको छ । कोब्रा र करेट जातको सर्प बढी विषालु हुन्छ । सर्प गर्मीमा जमिनभित्र बस्न सक्दैन र चिसोको खोजी गर्दै बाहिर निस्कने गर्दछ । यो समयमा सर्पले आफ्नो खानाको आहार खोज्दै हिँड्दा मानिस बस्ने ठाउँ, किरामुसा भएको ठाउँमा बढी हुने हुन्छ ।

विषालु सर्पले टोकेको कसरी चिन्ने ?

विषालु सर्पले टोकेमा मल्टिपल पङ्चर र डबल पङ्चर हुन्छ । यसबाट सर्प विषालु हो होइन चिह्न सकिन्छ । धेरैजसो यो दुईवटा पङ्चर मार्क हुन्छ भने त्यो विषालु सर्पले टोकेको बुझ्नुपर्छ । एउटै मार्क छ भने त्यो सर्प विषालु हुँदैन । कहाँनेर टोक्यो, टोकाइ कस्तो किसिमको छ, त्यसले पनि छुट्याउन सकिन्छ ।

कस्तो असर पु¥याउँछ ?

विषालु सर्पको टोकाइले हाम्रो शरीरमा असर पुग्न सक्छ । विषालु सर्पले टोकाइले न्युरो टक्सिट, हेमोरेजिक प्वाइजन, साइटो टक्सिट विष शरीरमा प्रवेश गर्दा असर गर्ने हुन्छ ।

न्युरो टक्सिट : शरीरको नसालाई असर गर्छ । प्यारालाइसिस हुने हुन्छ । यो बढ्दै जादा स्वासप्रस्वासमा समस्या आउँछ । र, मानिसको ज्यान जान सक्छ ।

हेमोरेजिक प्वाइजन : रगतलाई पातलो बनाउँछ । शरीरको जुनसुकै भागबाट पनि रगत बग्छ र शरीरको रगत बग्ने प्रविधि बिग्रन्छ ।

साइटो टक्सिट : विषालु सर्पले जहाँ टोक्यो त्यहाँको मासु विस्तारै सुनिँदै जान्छ । सोइलिङ हुन्छ । र टोकेको भागमा घाउ भएर आउँछ ।

के गर्ने, के नगर्ने ?

आत्तिनु हुँदैन ।

टोकेको ठाउँमा साबुन पानीले धुने तर धेरै नचलाउने ।

सर्पले औला, हातमा टोक्यो भने औठी, बाला, चुरा लगाइएको छ भने त्यो फुकाल्ने ।

सर्पले टोकेको भागमा चक्कुले काटेर रगत बगाउने, चुस्ने, टोकेको ठाउँभन्दा माथि कपडा बाध्ने गर्नुहुँदैन ।

नजिकैको सर्पदंश उपचार केन्द्रमा जाने । टिटी सुई लगाउने । चिकित्सकको परामर्शअनुसार औषधि उपचार गर्ने । उपचार केन्द्रमा एन्टी स्नेक भेनम नामक विष मार्ने सुई लगाउने । जथाभावी औषधि उपचार नगर्ने ।

कस्तो सर्पले टोकेको हो । आफूसँग मोबाइल छ र सकिन्छ भने फोटो खिच्ने ।

सर्पको बिगबिगी हुने ठाउँमा नजाने । जानैपरे बुट, हातमा पन्जासहित सुरक्षाका सामग्री प्रयोग गरेर मात्रै जाने ।

सर्पको बासस्थानमा नजाने । जानैपरे सर्पले शरीरको छालासम्म नभेट्ने कपडा लगाएर जाने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर