एमालेले माग्यो तीन मन्त्रीको राजीनामा

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सरकारका तीन मन्त्रीको राजीनामा माग गरेको छ । बिहीबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै एमाले सांसद रघुजी पन्तले बालकुमारी घटनामा नैतिकताको आधारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेका हुन् ।

त्यस्तै अख्तियारको छानबिनमा परेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र लुम्बिनीस्थित रामग्रामको जग्गा भाडामा लगाउने विवादास्पद निर्णय गरेका संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किराँती पनि पदमा बस्न नमिल्ने उनले बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल पनि कानून विपरीत ठहरिएको रामग्रामको कार्यक्रमा उद्घाटनमा गएको भन्दै त्यसको जवाफ पनि प्रधानमन्त्रीले दिनुपर्ने बताए ।

‘उहाँको पर्यटनमन्त्रीले सिफारिस गरेको, उहाँले नियुक्त गरेको ल्यारक्याल लामाले लुम्बिनी विकास कोषको हैसियतमा लुम्बिनीको रामग्राममा गरेको कामलाई सम्पूर्ण सरकारी माध्यमहरु, सम्बन्धित निकायहरु र लेखा समितिले समेत अनुपयुक्त र नियम र कानून विपरीत ठह¥याउँछ र उहाँले ती सबै फिर्ता लिनुहुन्छ । त्यस्ताका लहैलहैमा लागेर प्रधानमन्त्री त्यो कार्यक्रमको उद्घाटन गर्न जानुहुन्छ । यो के हो तागतले ? अनि प्रधानमन्त्रीले नैतिकताको भाषण गरेर हिँड्न मिल्छ ? नैतिक रुपमा पर्यटनमन्त्री र ल्यारक्याल लामालाई उहाँले हटाउनुपर्छ उहाँ यदि नैतिकतामा विश्वास गर्ने हो भने र उहाँले आफैले पनि जनताको अगाडि जवाफ दिनुपर्छ किन जानुभयो त्यहाँ ? अवैधानिक कामको उद्घाटन गर्न ? झण्डा हल्लाउँदै मन्त्री बयान दिन गएको दुर्शशापूर्ण स्थिति यसैपालि देखियो । अविलम्ब विवादमा परेका मन्त्रीहरुले राजीनामा दिनुप¥यो । बालकुमारी घटना हुनासाथ सम्बन्धित मन्त्रीले त्यही दिन राजीनामा दिनुपथ्र्यो,’ पन्तले भने ।

उनले तीन मन्त्रीले राजीनामा नगरेमा एमाले चुप लागेर नबस्ने चेतावनी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर