विमानस्थलबाट दुई किलो सुन सहित भारतीय नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब दुई किलो सुन बरामद भएको छ ।

विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी कृष्णहरि शर्माका अनुसार, पाइन्ट र लगाएको अन्य लुगाभित्र सुनको लेपन लगाएर ल्याएको अवस्थामा बरामद गरिएको हो ।

सुनसहित भारतीय नागरिक मोहमद जेसन पक्राउ परेका छन् । दोहाबाट मुम्बई हुँदै उनी बिहिवार अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं ओर्लिएका थिए ।

भन्सार जाँच पार गरिसकेको अवस्थामा सुनसहित पक्राउ गरिएको एसएसपी शर्माले बताए । ‘शंकाको आधारमा सर्च गर्दा सुन भेटिएको थियो’, उनले भने ।

थप अनुसन्धान र कारबाहीका लागि विमानस्थल भन्सार कार्यालयमा बरामद सुन र आरोपीलाई बुझाउने एसएसपी शर्माले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर