अमेरिकाले चन्द्रमामा अवतरण गरायो ‘ओडिसिएस’ 

अमेरिकी निजी कम्पनी इन्ट्युटिभ मेसिनको ल्यान्डर ओडिसिएसले चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेको छ । ओडिसिएस चन्द्रमामा अवतरण गर्ने निजी कम्पनीको पहिलो अन्तरिक्ष यान बनेको छ । त्यस्तै, अमेरिका चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने दोस्रो देश बनेको छ । अवतरण गर्नुअघि ओडिसिएसको नेभिगेसन प्रणालीमा खराबी आउँदा पनि अवतरण गरिएको थियो ।

अमेरिकी सञ्चारमाध्यम ‘न्यूयोर्क टाइम्स’ को रिपोर्टका अनुसार ओडिसिएसको अवतरणपछिको अवस्थाबारे औपचारिक भने जानकारी सार्वजनिक गरिएको छैन । तर, मिसन निर्देशक टिम क्रेनले चन्द्रमाको सतहमा ओडिसियस रहेको बताए ।

ओडिसिएसले अवतरण गर्नुअघि स्पेसक्राफ्टको गति बढेकोले ओडिसिएसले चन्द्रमाको वरिपरि एक अतिरिक्त यात्रा गरेको बताइएको छ ।

‘बीबीसी’का अनुसार ल्यान्डर ओडिसिएसले अवतरण गरेको ठाउँलाई मालापर्ट भनिन्छ । घामको किरण यहाँ पुग्दैन । यो खाडल नजिकैको समतल ठाउँ हो । मेलापार्ट १७ औं शताब्दीका बेल्जियमका खगोलविद् थिए । यहाँ पानी भए पनि बरफको रूपमा रहेको वैज्ञानिकहरूको विश्वास छ ।

५१ वर्षमा पहिलो पटक अमेरिकी मिसन चन्द्रमामा अवतरण भएको छ । यसअघि सन् १९७२ मा अपोलो –१७ मिसनले चन्द्रमामा सफ्ट ल्याण्डिङ गरेको थियो । यसपछि अमेरिकाले सन् २०२२ मा चन्द्रमामा आर्टिमिस–१ मिसन पठाएको थियो । तर, त्यो अन्तरिक्ष यान चन्द्रमामा अवतरण भएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर