जनक बर्तोलामाथि ‘सुपारी’ दिएर सांघातिक आक्रमणगर्ने गिरोह पक्राउ

प्रहरीले अखिल नेपाल खेलकुद महासंघका उपाध्यक्ष जनक बर्तौलालाई २२ कातिकमा गिरोहले रकम लिएर उनीमाथि सांघातिक आक्रमण गरेको बताएको छ । बर्तौलालाई काठमाडौंको आईप्लेक्स मल नजिकै खुकुरी र रड प्रहार भएको थियो । प्रहरीले फरार रहेका ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका– १० चटारका २४ वर्षीय शेरबहादुर थारु, कोहलपुर– १ कौशिला नगरका २६ वर्षीय आशिष लामिछाने मगर र झापा मेचिनगर नगरपालिका– ८ मेचेगाउँका ३४ वर्षीय कैलास भनिने टेकबहादुर प्रधान छन् ।

पक्राउ परेका तीनै जनालाई म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए । उनीहरूको बयानका आधारमा मुख्य योजनाकार पनि पक्राउ परेका छन् ।

घटनाका मुख्य योजनाकार मोरङको कानेपोखरी नगरपालिका– ४ का ३५ वर्षीय क्रान्ति बराईली भनिने निलम बिश्वकर्मा रहेको र उनलाई ११ फागुनमा कलंकीबाट पक्राउ गरी अदालतमा बुझाएको प्रहरी जनाएको छ । बराईलीले शेरबहादुर थारुलाई योजना सुनाउँदै पैसाको समेत ब्यवस्था गरेको प्रहरीले जनाएको छ । उनले काम सकिए पश्चात शेरबहादुर थारुलाई ५० हजार र टेकबहादुर प्रधानलाई २ लाख रुपैयाँ दिएको प्रहरीको बताएको छ ।

बर्तौला नेकपा माओवादी बागमती प्रदेश सदस्य साथै नेपाल उसु महासंघका केन्द्रीय अध्यक्ष समेत हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर