भारतीय विदेश मामिला मन्त्री र परराष्ट्र सचिवबीच भेटवार्ता

भारतका विदेश मामिला मन्त्री डा एस जयशंकरसँग भारत भ्रमणमा रहेकी परराष्ट्र सचिव सेवा लम्सालकाे भेटवार्ता भएको छ । विदेश मामिला मन्त्री जयशंकरले मंगलबार सामाजिक सञ्जाल एक्समा परराष्ट्र सचिव लम्साललाई दिल्लीमा स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गरेका छन् ।

उनले दुई देशबीचको द्विपक्षीय सम्बन्धका विभिन्न पक्षहरूमा प्रगतिको बारेमा सुन्न पाउँदा खुसी लागेको उल्लेख गरेका छन् ।

 

एसिया इकोनोमिक डायलगमा भाग लिन परराष्ट्र सचिव सेवा लम्साल मंगलबार भारत प्रस्थान गरेकी हुन् । यही फागुन १६ र १७ गते भारतको पुणेमा आयोजना हुने कार्यक्रममा परराष्ट्र सचिव लम्साल नेतृत्वको प्रतिनिधिमण्डल उद्घाटन सत्रमा सहभागी हुनेछ ।

भ्रमणका क्रममा सचिव लम्साल नेतृत्वको प्रतिनिधिमण्डलले भारतका विदेशसचिव विनयमोहन क्वात्रासँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । एसियन इकोनोमिक डायलग वार्षिकरुमपा आयोजना हुने बहुपक्षीय सम्मेलन हो । भारतीय विदेश मन्त्रालय र पुणे इन्टरनेसनल सेन्टरले संयुक्तरुपमा सम्मेलनको आयोजना गरेको हो ।

समसामयिक विषयमा छलफल हुने उक्त कार्यक्रममा विभिन्न देशका प्रतिनिधि सहभागी हुनेछन् । कार्यक्रममा सहभागी भई परराष्ट्र सचिव लम्साल यही फागुन १८ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *