सत्ता गठबन्धनमा खटपट

सत्तारुढ नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ। माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकले गरेको यो निर्णयबाट एक वर्षअघि निर्माण भएको सत्ता गठबन्धनको भविष्यप्रति प्रश्नचिह्न खडा भएको हो।

फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा भएको नेपाली कांग्रेस महासमिति बैठकमा महामन्त्री गगनकुमार थापाले पेस गरेको आगामी आमनिर्वाचनमा गठबन्धन नगर्नेसहितको प्रस्तावले सत्ता साझेदार दलहरूबीच आशंका जन्माएको थियो। त्यसको प्रतिक्रियास्वरूप माओवादी केन्द्रले पनि आगामी आमनिर्वाचनमा पार्टीले एक्लै प्रतिस्पर्धा गर्नेगरी तयारी गर्नुपर्ने निष्कर्ष निकालेको छ। सोहीअनुसार विभिन्न अभियान सञ्चालन गर्ने निर्णय माओवादी केन्द्रले गरेको छ।

आगामी निर्वाचनमा पार्टीले स्वतन्त्र रूपमा एक्लै प्रतिस्पर्धा गर्ने निर्णय गरेको जानकारी दिँदै माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘यो कार्यनीतिक विषय हो, रणनीतिक होइन। तत्कालीन अवस्थाले सबै कुरा निर्धारण गर्छ तर हाम्रो पार्टीले निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न तयारी थाल्नेछ।’

माओवादी केन्द्रले फागुन २९ गते हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेपछि २०७९ फागुनमा बनेको कांग्रेस, माओवादीसहित निर्वाचनअघिको गठबन्धन फेरि संकटमा पर्ने आशंका गर्न थालिएको छ। गत माघ ११ गते भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्ता साझेदार दलबीच चुनावी तालमेल भएको थियो।

सोही क्रममा कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभाको अध्यक्ष बनाउने गरी गठबन्धन दलहरूले उम्मेदवार बनाएका थिए। कोसी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित सिटौला सत्ता गठबन्धनकै समर्थनमा अध्यक्ष हुनेमा आश्वस्तजस्तै छन्। याे समाचार आजकाे नागरिक दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर