गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेन्डर आह्वान

भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न ठेक्का आह्वान गरेको छ । महानगरपालिकाले रंगशालाको पहिलो चरणको निर्माण कार्यका लागि १ अर्ब १० करोड रुपैयाँको टेन्डर आह्वान गरेको हो ।

महानगरपालिकाले आज सार्वजनिक सूचना जारी गर्दै इच्छुक र योग्य कम्पनीलाई एक महिनाभित्र आवेदन पेस गर्न आह्वान गरेको छ ।

रंगशालाको पहिलो चरणमा १० हजार दर्शक क्षमताको स्टयान्ड, मैदानको सम्पूर्ण काम, पेभेलियनसहित दुईवटा टावर बिल्डिङ निर्माण हुनेछ । यो काम पूरा हुँदा रंगशालाको क्षमता १५ हजारजनाको पुग्न भरतपुर महानगरले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

महानगर र बागमती प्रदेश सरकारकाे लागत साझेदारीमा रंगशालाको बाँकी काम अगाडि बढाउन लागिएको हो ।

धुर्मुस सुन्तली फाउण्डेशनले जनस्तरबाट सहयाेग जुटाएर निर्माण गरिरहेकाे रंगशालाकाे लागि आर्थिक अभाव भएपछि रंगशालाकाे काम राेकिएकाे थियाे ।

फाउण्डेशनले निर्माण सामाग्रीकाे करिब १८ कराेड रूपैयाँ उधाराे रहेकाे बताएकाे छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर