नामिबियालाई नेपालको १ सय ८१ रनको लक्ष्य

त्रिकोणात्मक टि–२० सिरिज अन्तर्गत चौथो खेलमा नेपालले नामिबियालाई १ सय ८१ रनको लक्ष्य प्रस्तुत गरेको छ । टियु क्रिकेट मैदानमा जारी खेलमा पहिले ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८० रन बनाएको हो ।

नेपालका लागि कुशल मल्लले ५५, आरिफ सेखले ३१, गुल्सन झाले २६ र ओपनर अनिल साहले २३ रन प्रहार गरे । नेपालका सुरुवाती ब्याट्सम्यान धमाधम आउट हुँदा मध्यक्रममा आरिफ शेख र कुशल मल्लले साझेदारी गरेका थिए ।

नामिबियाका लागि बेन सिकोङ्गोको ले ३, ज्याक ब्रसेलले २ विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर