नेदरल्यान्ड्सविरुद्ध १ सय २१ रनको सामान्य लक्ष्य पछ्याउँदै नेपाल

नेपालले नेदरल्यान्ड्सविरुद्ध १ सय २१ रनको सामान्य लक्ष्य पाएको छ । टस जितेर पहिले थालेको नेदरल्यान्ड्सले १९.३ ओभरमा अलआउट हुँदै १ सय २० रन बनाएको हो ।

त्रिकोणात्मक सिरिजको ट्वान्टी–२० खेल आज टियु मैदानमा सञ्चालित छ ।

नेदरल्यान्ड्सका ओपनर म्याक्स ओ डाउडले सर्वाधिक ३१ रन बनाए । रोलफ भान डर मर्वले तल्लोक्रममा नटआउट २३ रनको योगदान दिए । नेपालका प्रतिश जिसीले ३, करण केसी र कुशल मल्लले २–२ तथा दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *