गठबन्धन आफ्नै समस्या र अन्तरविरोधले टुट्छः विष्णु पौडेल

एमाले उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन आफैंभित्रका समस्या र अन्तरविरोधले टुट्ने दाबी गरेका छन् ।

आइतबार जनकपुरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले गठबन्धनभित्रका तमासाहरु आफूहरुले देखिरहेको बताए । उनले मुलुक सत्ता गठबन्धनको कारणले चौतर्फी संकटतर्फ गइरहेको टिप्पणी गरे ।

शान्ति सुरक्षा, विकास निर्माण, सुशासन, रोजगारी र अन्तर्राष्ट्रिय सम्बन्धमा गठबन्धनकै कारण मुलुकले गम्भीर समस्या झेलिरहेको जिकिर गर्दै उनले समाजको अग्रगतिका लागि अहिलेको गठबन्धन प्रमुख बाधक भएको बताए ।

‘पछिल्लो दिनमा यो गठबन्धन आफैंभित्रका अन्तरविरोध र समस्याहरुको भुमरीमा फसेको छ । यो कुनै सिद्धान्त, आदर्शबाट गठित गठबन्धन होइन । यो स्वार्थ, लेनदेनमा आधारित छ, लामो समयसम्म चल्न सक्दैन । देशलाई स्थिरता, विकास र समृद्धितर्फ लैजानका लागि यस प्रकारका गठबन्धन टुट्नुपर्छ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर