यो सत्ताकेन्द्रित खेलमा राप्रपा सामेल छैन : लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी अहिलेको सत्ताकेन्द्रित चलखेलमा सामेल नरहेको बताएका छन्।

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), रास्वपा, जसपालगायत दल नयाँ गठबन्धनबाट संघीय सरकार गठन तयारीमा जुटेका बेला राप्रपा अध्यक्ष लिङ्देनले आफूहरू यो सत्ताकेन्द्रित खेलमा सामेल नरहेको बताएका हुन्।

‘राप्रपा वर्तमान सत्ताकेन्द्रित चलखेलमा सामेल छैन र हुँदैन,’ अध्यक्ष लिङ्देनले भने, ‘वर्तमान समस्याको समाधान सरकार परिवर्तन होइन, अवस्था परिवर्तन हो।’

उनले मुलुकको यो अवस्थामा परिवर्तनका लागि भ्रष्ट व्यवस्थाको अन्त्य हुनुपर्ने पनि बताएका छन्।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पार्टी ४० बुँदे मागसहित आन्दोलनमा रहेको बताए। ‘हाम्रो प्राथमिकता सत्ता होइन, हामी त आन्दोलनमा छौं,’ उनले भने, ‘अहिलेको आवश्यकता भनेको सबै शक्तिहरूबीच नवीन समझदारीको हो।’

प्रतिनिधि सभामा राप्रपाका १४ जना सांसद छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर