नयाँ गठबन्धनबाट यी ३ नेता मन्त्री बन्दै

नयाँ सत्ता गठबन्धनबाट ३ जना नेता आजै मन्त्री बन्ने भएका छन् । एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डिपी अर्याल मन्त्री बन्ने पक्का भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल नयाँ मन्त्रीहरुको नाम बोकेर आजै शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न पुगेका थिए । त्यहाँ उनले पुरना सबै मन्त्रीहरुलाई हटाएर नयाँ मन्त्रीहरु नियुक्त गर्न लागेको व्यहोरासहितको पत्र बुझाएको प्रधानमन्त्री सचिवालय स्रोतले जानकारी दिएको छ ।

आज बिहान बसेको सत्ता गठबन्धनको बैठकले हाल ३ जना मन्त्रीसहितको मन्त्रीमण्डल गठन गर्ने सहमति गरेको हो । मन्त्री बन्न लागेका गिरी पर्वत, तामाङ नुवाकोट–१ र अर्याल रास्वपाबाट समानुपातिकमा निर्वाचित सांसद हुन् । उनीहरुको आज साँझ नै शपथ ग्रहण कार्यक्रम हुने भएको छ ।

मन्त्रालयको भागबण्डा र मन्त्रीहरूको वरियता अझै नटुंगिएकाले शीर्ष नेता तत्काल सरकारमा सहभागी नहुने भएका हुन् । एमाले, माओवादी, रास्वपा, जसपालगायत दलले नयाँ सत्ता गठबन्धन बनाएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर