भारतीय टाटासुमोले ठक्कर दिँदा महोत्तरीमा दुईको मृत्यु

महोत्तरीको मटिहानी जनकपुर सडकखण्डमा भारतीय टाटासुमोले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा महोत्तरीको पिपरा गाउँपालिका–५ बस्ने ६० वर्षीय अकबर राइन र धनुषाको क्षिरेश्वरनाथ

नगरपालिका–१ बस्ने ६० वर्षीय राजकिशोर यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।

जनकपुरतिरबाट मटिहानीतिर गइरहेको बीआर ०६ पिडी ३३३० नंको भारतीय टाटासुमोले आइतबार अबेर राति पिपरा–१ स्थित सडकखण्डमा पिपराबाट मटिहानतिर जाँदै गरेको मधेस प्रदेश ०१ त ३००९ नम्बरको ट्याक्टरलाई पछाडिबाट नै ठक्कर दिँदा ट्याक्टरमा बसेका कामदार अकबरको मृत्यु भएको थियो ।

ट्याक्टरलाई ठक्कर दिएर भाग्दै गरेको टाटासुमोले भाग्ने क्रममाविपरीत दिशाबाट साइकलमा चढेर आउँदै गरेका राजकिशोरलाई ठक्कर दिएपछि उनको पनि मृत्यु भएको थियो ।

टाटासुमोको ठक्करबाट ट्याक्टरमा सवार अर्का कामदार पिपरा गापा–५ का ६० वर्षीय झप्सी कवाडी गम्भीर घाइते भई उनँको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको जनाइएको छ । टाटासुमो पनि भाग्ने क्रममा मटिहानी नपा–४ स्थित सडक छेउमा पल्टिएर दुर्घटना भएको थियो । सुमोका चालक फरार छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *