बागमतीबाट कांग्रेसका ६ मन्त्रीले राजीनामा दिँदै

बागमती सरकारबाट नेपाली कांग्रेसका मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका छन् । केन्द्रमा सत्ता समीकरण परिवर्तन भयसँगै बागमती प्रदेश सरकारमा रहेका कांग्रेसका ६ मन्त्रीले आज सामूहिक राजीनामा दिने तयारी गरेका हुन् ।

प्रदेशको उद्योग वाणिज्य भूमि तथा प्रशासन रामकृष्ण चित्रकारले आज कांग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा दिने तयारी भएको जानकारी दिए ।

बागमती प्रदेश सरकारमा कांग्रेबाट आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामा, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री रामकृष्ण चित्रकार, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामा, स्वास्थ्य मन्त्री उत्तम जोशी, वन तथा वातावरण मन्त्री मसिना खड्का, संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकर महर्जन रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर