एमालेसँग कार्यगत एकता गरेर जान सकिन्छ: झलनाथ खनाल

एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमालेसँग तत्कालका लागि कार्यगत एकता गरेर जान सकिने बताएका छन् ।

वामपन्थी एकताको पक्षमा वकालत गर्दै आएका उनँले तत्कालका लागि एमालेसँग कार्यगत एकताका साथ अघि बढ्न सकिने सम्भावनाको आकलन गरेका हुन् । उनले नेताहरुमा रहेका आग्रह, पूर्वाग्रह र इगो अन्त्य गर्न सके एमालेसँगको एकीकरण गर्न कुनै गाह्रो नभएको बताए ।

‘अब हामी खास अवस्थामा विद्रोह गरेर अलग पार्टी बनायौं । यी सबै घटनाक्रमहरुको बारेमा र नेकपा आफैं एउटा बडो शक्तिशाली पार्टी १० लाखभन्दा बढी पार्टी सदस्यहरु भएको पार्टी थियो । दुई तिहाई बहुमत संघीय संसदमा थियो । देशका ६ वटा प्रदेशहरुमा हामीसँग पर्याप्त बहुमत थियो । र तलपनि पालिकाहरुमा ७५३ वटा पालिकाहरुमा ४५४ पालिकामा हाम्रो बर्चश्व थियो । यत्रो ठूलो पार्टी जुन ढंगले विभाजित भयो । आज हामी जुन ठाउँमा आइपुगेका छौं, यी सबै सिंहालोकनका विषयहरु हुन्,’ उनले भने ।

उनले अगाडि भने, ‘कमजोरी सबैका भएका छन् । ककसले कति मात्रामा कमजोरी गरे होलान् भन्ने भिन्नै कुरा हो । तर विगतका कुराहरुको मत भिन्नतामा अल्झेर बस्नु पनि हुन्न । हामीले आजको आवश्यकतामा एकतावद्ध हुँदै क्रमशः विगतका कुराहरुको पनि समीक्षा गर्दै हामी अगाडि बढ्न थाल्यौँ भने विस्तारै एकताका आधारहरु फैलिँदै जान्छन्, विस्तार हुँदै जान्छन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर