मन्त्रालय भागबण्डा : सरकारमा कुन दलले कति सिट पाउने ?

नयाँ सत्ता गठबन्धनको बैठकले सरकारमा सहभागी हुने दलहरुले पाउने सिट संख्यामा प्रारम्भिक सहमति गरेका छन् ।

बालुवाटारमा बसेको गठबन्धनको बैठकले एमालेलाई ८, माओवादीलाई ५, रास्वपालाई ४ र जसपालाई २ मन्त्रालय दिने सहमति गरेको हो ।

बाँकी मन्त्रालय भने नेकपा एकीकृत समाजवादीलगायत गठबन्धनमा थपिनसक्ने दलका लागि छुट्याइएको छ । २५ सदस्यीयसम्म मन्त्रिपरिषद् बनाउन सक्ने व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर