त्रिशूली दुर्घटना : हराएकाको गोताखोरमार्फत यसरी खोजी गर्दै छ सशस्त्र प्रहरी

धादिङ दुर्घटनामा हराइरहेका पाँच जनाको खोजी कार्य जारी रहेको सशस्त्र प्रहरी बलले जनाएको छ । कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको घाटबेँसी भन्ने ठाउँबाट आज बिहान त्रिशूली नदीमा खसेको थियो ।

बसमा कति यात्रु थिए अहिलेसम्म यकिन हुन सकेको छैन । चालकले जम्मा ४९ भनेकोमा सहचालकले ५१ जना भनेका छन् । तर चलानी र बिचमा चढेकासहित जम्मा ५२ जना रहेको आशंका गरिएको छ । जसमध्ये ४० जनाको घाइते र सकुशल अवस्थामा उद्धार गरिएको छ । ७ जनाको मृत्यु भएको छ भने हराइरहेकाका मध्ये ४ पुरुष र १ महिला सहित ५ जना रहेको सशस्त्र प्रहरीले जनाएको छ । ।

उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक मनिष थापाको कमाण्डमा २८ जना, विपद् व्यवस्थापन बेस आदमघाटबाट डिएसपी तुला चौधरीको कमाण्डमा १६ जना र आश्रित गुल्म धादिङबाट ११ जनासहित ५५ जनाको फौज परिचालन भएको छ । जसमा ९ जना गोताखोर र अन्य विपद् व्यवस्थापन तालिम प्राप्त छन् । खोजी कार्यको लागि दुईवटा राफ्ट्बोट समेत प्रयोग गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर