रसुवा भन्सारले सीजी मोटर्सलाई तिरायो साढे २ करोड

सीजी मोटर्सले चीनबाट गाडी आयात गर्दा तोकिएको सीट क्षमताभन्दा बढीको गाडी भित्र्याएको पाइएपछि रसुवा भन्सार कार्यालयले २ करोड ४८ लाख रुपैयाँ राजस्व तिराएको छ ।

उक्त कम्पनीले ९ सिट तोकिएको विद्युतीय भ्यानलाई ११ सिट बनाएर भित्र्याउन खोजेको पाइएपछि भन्सारले छुट असुलीबापतको शीर्षकमा थप कर तिराएको हो ।

रसुवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद पाठकका अनुसार दुई वर्षअघि सीजी मोटर्सले भित्र्याएको गाडीमा छुट असुलीबापतको राजस्व लिनुपर्ने देखिएको थियो । तर, उक्त रकम तिर्न अस्वीकार गर्दै सीजी उच्च अदालत पाटन गएको थियो ।

उच्च अदालतले पनि छुटेको राजस्व प्रक्रिया पु¥याएर लिन अहिले आदेश दिएपछि भन्सार कार्यालयले थप राजस्व असुली गरेको पाठकले पर्दाफासलाई जानकारी दिए । ‘अदालतको आदेशपछि छुट असुलीबापत थप राजस्व तोकिएको हो,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर