यस्तो बन्नेछ अब प्रहरीको क्युआरटी

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले क्विक रेस्पोन्स टिम (क्युआरटी) लाई शान्ति सुरक्षाका लागि आवश्यक विभिन्न सामग्री प्रदान गरेका छन् ।

एआईजी थापाले आज क्युआरटीलाई जीपीएस ट्र्याकिङ डिभाइस, बडी वर्न भिडियो क्यामेरा, रेडियो, लाइट विथ साइरन, हेल्मेट, बडीगार्डका सामानहरु प्रदान गरेका हुन् ।

काठमाडौं उपत्यकामा शान्ति सुरक्षा कायम गर्न २४ सै घण्टा फिल्डमा परिचालन हुने क्युआरटीको काम कारबाहीलाई शीघ्र, चुस्त एवं प्रभावकारी बनाउनका लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौंको आयोजनामा ती सामग्री प्रदान गरिएको हो ।

उक्त अवसरमा एआईजी थापाले अत्याधुनिक सुरक्षा उपकरणयुक्त ‘पुलिस क्युआरटी परेड’ पनि गराएका थिए । साथै अब काठमाडौंको सुरक्षा प्रबन्धमा क्युआरटीले थप उल्लेखनीय भूमिका बहन गर्ने अपेक्षा व्यक्त गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *