विशेष दर्जा हटाएपछि पहिलो पटक कश्मीर भ्रमणमा मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१९ मा कश्मीरको विशेष दर्जा हटाएपछि बिहीबार पहिलो पटक उक्त क्षेत्रमा भ्रमण गरेका छन् ।

मोदी सरकारले मुस्लिम–बहुल क्षेत्र कश्मीरको विशेष संवैधानिक हैसियत हटाउँदै नयाँदिल्लीबाट प्रत्यक्ष शासित दुई क्षेत्रमा विभाजित गरेको थियो । उक्त कदमलाई सम्पूर्ण भारतमा स्वागत गरिएको थियो ।

श्रीनगरमा आयोजित ¥यालीलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले जम्मु कश्मीरमा पहिलाको सरकारको समयमा भ्रष्टाचार र परिवारवादको बोलवाला रहेको बताए । ‘परिवारवादी व्यक्तिले मोदीमाथि व्यक्तिगत आरोप लगाइरहेका छन् । तर, देशका हरे कुनाका व्यक्ति भनिरहेका छन्– म मोदी परिवारको हुँ । कश्मीरका मानिसहरु पनि ‘म मोदी परिवारको हुँ,’ उनले भने ।

मोदीले अहिलेको जम्मु कश्मीर नयाँ भएको र यसको प्रतीक्षा कैैयौं दशकदेखि भइरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *