फाेटाे फिचर

सरकारी नीति र कानून स्पष्ट नहुँदा कवाडखाना बने प्रहरी कार्यालय

प्रहरी कार्यालयमा वर्षौंदेखि स्पष्ट रेकर्डसमेत नराखिएका करोडौँ सवारी साधन थन्किएका छन् ।
कतिपय सवारीसाधन त उपयोगमा आउने खालका पनि छन् । तर ती सवारीसाधनको प्रयोग भने भएको छैन ।
सरकारले स्पष्ट नीति र कानून नबनाउँदा यस्ता सवारीसाधन यसरी कवाड बनिरहेका हुन् । 
कबाडीको रूपमा हजारौँ सवारीसाधनहरू प्रहरी कार्यालयमा थुपारिएको देख्न सकिन्छ । थुपारिएका ठाउँमा कुन र कति सवारीसाधन थुपारिएका छन् भन्ने तथ्याङ्क सम्बन्धित कार्यालयसँग नै छैन ।
कतिपय सवारी साधनको मुद्दा समयमा किनारा लागेको छैन भने किनारा लागेका मुद्दामा पनि बरामद सामानबारे कुनै उल्लेख नहुँदा बहुमूल्य सम्पती खेर गइरहेको छ ।
वर्षौँदेखि थन्किएका सवारी साधन केही टुटेफुटेका मोटरसाइकल मर्मतपछि प्रयोग गर्न सक्ने अवस्थाका पनि छन् । तर वर्षौँदेखि त्यसरी बेवारिसे अवस्थामा रहेका सवारीसाधनप्रति सवारी धनी र प्रहरीको समेत चासो नहुँदा त्यसै ‘कबाडी’ बन्दै गएका छन् । काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्लाका विभिन्न प्रहरी इकाईमा यस्ता सवारी साधनको चाङ देखिन्छ ।
हेर्नुहोस् न्युज एजेन्सी नेपालले खिचेका तस्बिर:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *