सरकारले लगानी सम्मेलनका लागि कानूनी समस्यालाई फास्ट ट्र्याकबाट सम्बोधन गर्छ : मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सम्मेलनका लागि सरकारले कानूनमा रहेका समस्याहरुलाई फास्ट ट्र्याकबाट सम्बोधन गर्नुपर्ने जरुरी रहेको बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित नेपाल तयारी पोशाक उद्योग संघको २९ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले अहिलेका कानूनहरुमा रहेका त्रुटीहरु, कानूनमा रहेका समस्याहरुलाई फास्ट ट्रयाकबाट चाँडोभन्दा चाँडो त्यसलाई सम्बोधन गर्नु नै लगानी सम्मेलनका लागि फाइदाजनक रहे बताए।

उनले लगानीमैत्री वातावरणको पहिलो आधार भनेको विद्यमान कानूनहरुमा सुधार र संशोधन गर्नुपर्ने रहेको बताए। उनले निजी क्षेत्र उत्साहित नभएसम्म र निजी क्षेत्रलाई प्रोत्साहित गर्न नसकेसम्म लगानीमैत्री वातावरण बन्न नसक्ने बताए। उनले लगानीमैत्री वातावरण सिर्जना गर्न सरकार तयार रहेको उल्लेख गरे।

मन्त्री भण्डारीले नेपाली बजार र नेपालको उद्योग क्षेत्रमा आज पनि धेरै अभावहरु कायम रहेको जिकिर गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर