रविलाई गृह र डीपीलाई श्रम मन्त्रालयबाट हटाउन माग गर्दै निवेदन

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र श्रममन्त्री डीपी अर्याललाई हालको मन्त्रालयबाट हटाउन माग गर्दै आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा निवेदन परेको छ ।

दुवै मन्त्री बहाल रहेको हालको मन्त्रालयमा स्वार्थ जोडिएकाले उनहरुको मन्त्रालय तत्काल हेरफेर गर्न माग गर्दै युवराज सफलले निवेदन दिएका हुन् ।

लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको र उनै गृहमन्त्री हुँदा मुद्दाको अनुसन्धान प्रभावित पार्ने एवम् प्रमाण नष्ट गर्ने सम्भावना देखिएको तथा सहकारी ठगीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको निवेदनमा उल्लेख छ ।

यस्तै, लामिछानेमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले समेत अनुसन्धान एवम् छानबिनसमेत गरिरहेकाले उनी तत्काल पदमा रहिरहन नमिल्ने निवेदनमा दाबी गरिएको छ ।

मन्त्री अर्यालमाथि मेनपावर व्यवसायीको रुपमा कार्य गरेको र हाल पनि मेन पावर कम्पनीको जिम्मेवार पदमा रहेको हुनाले श्रममन्त्रीको जिम्मेवारीमा रहिरहन नमिल्ने निवेदक सफलले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर