दुर्गा प्रसाईँले दायर गरेको रिटमा सर्वोच्चद्वारा अग्राधिकार प्रदान

विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँले झापाको बीएन्डसी मेडिकल कलेजको तर्फबाट दायर गरेको रिटमा सर्वोच्च अदालतले अग्राधिकार प्रदान गरेको छ । आज (आइतबार) सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र विनोद शर्माको इजलासले उक्त मुद्दामा अग्राधिकार प्रदान गरेको हो ।

मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट एलओसी पाएर संरचना निर्माण गरे पनि सरकारले अनुमति नदिएको भन्दै झापाको बीएन्डसी मेडिकल कलेजको तर्फबाट प्रसाईंले रिट दायर गरेका थिए ।

उक्त मुद्दा छिटो निरुपण गर्नुपर्ने प्रकृतिको रहेको भन्दै सर्वोच्चले चैत ४ गतेका लागि पेशी तोक्ने आदेश दिएको छ । प्रसाईँले चिकित्सा शिक्षा आयोग सानोठिमी, काठमाण्डौ विश्वविद्यालय धुलिखेल काभ्रेपलाञ्चोकलगातलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

‘यसमा निवेदकको तर्फबाट इजलास समक्ष पेश भएको निवेदनमा उल्लेखित विषयको गाम्भीर्यता तथा संवेदनशीलतालाई विचार गर्दा छिटो टुङ्गो लगाउनु पर्ने प्रकृतिको देखिंदा सर्वोच्च अदालत नियमावली, २०७४ को दफा ७३ बमोजिम अग्राधिकार दिई प्रस्तुत मुद्दाको मिति २०८०।१२।०४ को पेशी तोकि नियमानुसार गर्नू,’– आदेशमा भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर