कांग्रेसलाई रास्वपाको प्रश्नः गृहमन्त्री हुँदा खोजिने नैतिकता प्रधानमन्त्री अफर गर्दा किन नखोजेको ?

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले आफ्ना मन्त्रीहरुले काम गर्न नसकेको दिन सरकारबाट आफैं बाहिरिने बताएका छन् ।

बुधबारको प्रतिनिधि सभाको बैठकमा उनले राजकाजको अवसर आउँदा अभ्यास गर्नैपर्ने भएकाले आफूहरु सरकारमा सहभागी बनेको बताए । फ्रेसनेस र अनुभवको सन्तुलनबारे बाहिरी व्यक्तिले चासो राख्नु स्वाभाविक भए पनि आन्तरिक पार्टी मेकानिजममा नबोल्न चेतावनी दिए ।

प्रधानमन्त्रीको समर्थनमा रास्वापको चाल चेसमा उँट, घोडा, हात्ती, रानी पिउसो चलाउन थालेपछि मन्त्री नै लगाएर चेकमेट गर्ने अवस्थासम्म पुग्ने मात्रै रहेको बताए । कांग्रेसप्रति लक्षित गर्दै गृहमन्त्री हुँदा खोजिने नैतिकता प्रधानमन्त्री अफर गर्दा किन नखोजेको भन्दै प्रश्न गरे ।

‘यो फ्रेसनेस र अनुभवको सन्तुलनबारे बाहिरी साथीहरुले चासो राख्न सक्नुहुन्छ, तर यो सन्तुलनलाई हाम कसरी अघि बढाउने भन्नेकुरा हाम्रो आन्तरिक पार्टी मेकानिजमलाई छोडिदिनुहोला । राजकाजको अवसर आउँदा अभ्यास गर्नैपर्छ,’ उनले भने ।
उनले अगाडि भने, ‘हाम्रो प्रवेश सशर्त छ, काम गर्न आएका हौँ, काम देखाउन आएका हौँ, सरकारबाट डेलिभरी गर्न सकिन्छ की भनेर आएका छौँ । सुशासन र युवाकेन्द्रित मन्त्रालय रोजेरै लिएका छौँ । गर्न नसकेको दिन आफैँ बाहिरिन्छौँ । प्रधानमन्त्रीज्युलाई सहज बनाइदिन्छाँै । गरे त हुने रहेछ नि ।’

‘गृहमन्त्री हुँदा खोजिने नैतिकता प्रधानमन्त्री अफर गर्दा खोजिनुपर्ने हो नि । यहाँ डर छ भागिभागि हिँड्नुपरेको छ । च्याप्प समातेर प्रधानमन्त्री, उपप्रधानमन्त्री बनाइदिएर हिँड्नुपरेको छ । कांग्रेसलाई थाहा छ म प्रमाणबेगर नबोल्ने मान्छे हुँ । कांग्रेसले गरेको छैन भन्नुहुन्छ भने हामी सक्कली र नक्कली कांग्रेस खोजेर हिँड्ने कुरा भएन’ उनले भने
कांग्रेसले रास्वपा सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेको बताए । कांग्रेसलक्षित गर्दै उनले च्याप्प समातेर प्रधानमन्त्री, उपप्रधानमन्त्री बनाइदिन्छन् कि भन्ने डरले हिँडिरहनुपरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर