अब बहुउद्देश्यीय सहकारीको काम छैनः पूर्वअर्थमन्त्री खतिवडा

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले बहुउद्देश्यीय सहकारीहरुको काम नभएको बताएका छन् ।

बिहीबार काठमाडौंमा राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको पहिलो डिजिटल सम्मेलनमा बोल्दै पूर्वअर्थमन्त्री खतिवडाले एउटा मात्रै काम गरेर बहुउद्देश्यीय सहकारी भन्न नमिल्ने बताए । बहुउद्देश्य सहकारीको नाममा एकल उद्देश्य पूर्ति गर्ने सहकारीहरुको अब काम नभएको उनको भनाइ थियो ।

उनले अब बहुउद्देश्य सहकारीलाई क्षेत्रगत र उद्देश्य केन्द्रित बनाउन जरुरी रहेको बताए । सहकारीले अब उत्पादन, वितरण र उपभोक्ताको क्षेत्रमा काम गर्नु आवश्यक रहेको उनको भनाइ थियो ।

नोटको प्रयोग घट्दै गएकोले अब सहकारीहरु पनि डिजिटल प्रविधिमा जानुको विकल्प नभएको उनले धारणा राखे । खतिगडाले उत्पादन, वितरण, उपभोक्तासँग जोडिएका सहकारी बाहेक शाखा खोल्ने, सेवा केन्द्र खोल्ने, नेटवर्किङ चलाउने कामलाई सहकारी ऐन संशोधन गरेर सदस्य वेस, क्षेत्रगत लक्ष्य र उदेश्य सहकारी संस्था अगाडि बढाउन जरुरी रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर