त्रिभुवन विमानस्थलमा ५ वर्षदेखि कार्यरत प्रहरीहरुको सरुवा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयदेखि कार्यरत प्रहरीहरुलाई हटाइएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले ती प्रहरीलाई अन्यत्रै सरुवा गरेको हो ।

कार्यालयका प्रवक्ता एवं एसएसपी दिनेशराज मैनालीले विमानस्थलमा कार्यरत ५४ प्रहरीको सरुवा गरिएको पर्दाफासलाई बताए । उनीहरु करिब ५ वर्षदेखि त्यहाँ कार्यरत थिए ।

आवश्यकताको सिद्धान्त अनुसार अदलीबदली गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *