कोरियाले अब वन, सेवा र रुट इन्डस्ट्रीमा पनि कामदार लैजाने

दक्षिण कोरियाले अब वन, सेवा क्षेत्र र रुट इन्डस्ट्रीमा पनि नेपालबाट कामदार लैजाने भएको छ । वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले बुधबार जारी गरेको विज्ञप्तिअनुसार थप ३ क्षेत्रमा कामदार लैजान कोरियाली सरकारले पत्राचार गरेको हो ।

अहिलेसम्म कोरियाले कृषि, उत्पादनमूलक र जहाज निर्माणतर्फ मात्र कामदार लगिरहेको थियो । कृषि तर्फबाट भाषा परीक्षा पास गरेकालाई यही वर्ष २०२४ देखि थप गरिएका क्षेत्रमा लिने भएको हो ।

शाखाको विज्ञप्तिमा एकपटक कोरियन भाषा परीक्षा उत्तीर्ण भएका कामदारहरु दुई वर्षसम्म कामदारको सूची (रोस्टर) मा बस्न पाउने र कोरियाको साना तथा मझौला उद्योगलाई आवश्यक पर्ने कामदारको उचाई, तौल, लिङ्ग, उमेर, कामदारको अवस्था र देश जस्ता विवरण खुलाएर कोरिया सरकारको सरकारी निकाय एचआरडी सर्भिस अफ कोरियासमक्ष कामदार माग गरी पठाउने गरिने उल्लेख छ ।

एचआरडी कोरियाले मापदण्डलाई मेलखाने गरी रोष्टरमा रहेका कामदारको सूचीबाट १ः३ को अनुपातमा (१ जना कामदार माग भई आएमा ३ जना कामदारको विवरण पठाउने) कामदारको विवरण÷फाइल साना तथा मझौला उद्योगमा पठाउने र सो विवरणबाट उद्योगले आफूलाई चाहिने कामदार छान्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर