नेसपा सिंगो पार्टी नै माओवादीसँग एकता गर्न लागेका हौं: सहअध्यक्ष श्रेष्ठ

नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठले सिंगो पार्टी माओवादी केन्द्रसँग एकता गर्न लागेको बताएका छन् । कुनै एक पक्षमात्रै एकता गर्न लागेको भन्नेकुरा सत्य नभएको उनले न्युज एजेन्सी नेपालसँग बताएका हुन् ।

नेसपाले गत मंसिर ६ मा नै केन्द्रीय समिति बैठकबाट पार्टी एकता गर्नका लागि संयोजन समिति बनाएको भन्दै सोही समितिको बैठक बसेर एकता गर्ने निर्णय गरिएको उनको भनाइ छ । दुई पार्टीबीचमा एकता गर्ने भनेर चुनाव अगाडि नै सहमति भएको र पार्टी एकताको शर्तसहित आफूहरुले माओवादीको चुनाव चिह्नमा चुनाव लडेको उनले बताए ।

‘हामी डेढ वर्ष अगाडिको जुन सहमति हो, त्यो सहमतिअन्तर्गत नै अगाडि बढेका छौं र आज त्यसलाई अझ ठोस, अझ मूर्त निर्णयमा पु¥याएका छौं,’ उनले भने । माओवादीको चुनाव चिह्न लिएर चुनाव लडेकाले कानुनी रुपमा आफूहरु माओवादीको सांसद भएको उनको भनाइ थियो ।

उनले सत्ताको लागि एकता गर्न लागिएको भन्नेहरु पार्टी एकताको विरोधी भएको बताए । नेसपा र माओवादी सँगसँगै अन्य पार्टीहरुलाई पनि एकता गर्दै लैजाने तयारी भएको उनको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *