रास्वपाको मिसन भ्रष्टाचार अन्त्यः श्रममन्त्री अर्याल

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले रास्वपाको मिसन भ्रष्टाचार अन्त्य गर्नु रहेको बताएका छन् । आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले रास्वपको मिसन बेथितिविरुद्ध काम गर्ने रहेको बताएका हुन् ।

उनले रास्वपाको मिसन सुशासन कायम गर्नु पनि रहेको बताए । भ्रष्टाचार अन्त्य, बेथितिविरुद्धको काम र सुशासन कायम भएसँगै देश समृद्ध बन्ने उनको भनाइ थियो ।

‘रास्वपको मिसन बेथितिविरुद्धमा काम गर्ने, साथै भ्रष्टाचार कसरी अन्त्य गर्न सकिन्छ भन्ने नै हो । त्यसकारण सुशासन कायम र भ्रष्टाचारको अन्त्य गर्नुपर्छ । हाम्रो यो भन्दा बढी मिसन खासै छैन । त्यति गर्नेबित्तिकै यो देश समृद्ध हुन्छ । समुन्नत हुन्छ, जनताले राहत पाउँछन्, जनताले राज्य र सरकार भएको महशुस गर्दछन्,’ उनले भने ।

उनले जनताले राज्य र सरकार भएको महसुस गर्नेगरी काम गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *