पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान गर्न पहल गर्छुः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान गर्न सरकारले सम्बद्ध पक्षसँग आवश्यक पहल तथा समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आइतबार पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्दै उनले यस्तो बताएका हुन् ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको निम्ति आफूले पहल गरेको स्मरण गर्दै उनले विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको व्यवस्था गर्न र विमानस्थलको खर्चबारे पनि नयाँ ढंगले व्यवस्थापन गर्ने संकल्प गरे ।

पोखराको सांस्कृतिक र आर्थिक विकासका लागि कोरला—त्रिवेणी नाकालाई प्रभावकारी रुपमा सञ्चालन गर्न नेपाल सरकारले थप पहल तथा समन्वय गर्ने बताए । गण्डकी प्रदेशको विकासमा दूरगामी महत्व राख्ने मध्यपहाडी लोकमार्ग सम्पन्न गर्न तथा पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्डमा निर्माणाधीन सडक निर्माण कार्यलाई तीव्रता दिन आवश्यक समन्वय तथा अनुगमनलाई प्रभावकारी बनाउने बताए ।

उनले फेवाताल संरक्षणका बारेमा प्रदेश सरकार, महानगर लगायत स्थानीय सरकार र जनताले खेलेको भूमिकाप्रति सम्मान व्यक्त गर्दै सर्वोच्च अदालतको फैसला र स्थानीय जनसमुदायको भावनासमेत सम्बोधन गर्नेगरी निष्कर्षमा पु¥याउन पहल गर्ने बताए । पोखराको पर्यटन प्रवद्र्धनमा पर्यटकहरूका लागि संघीय सरकारले सहुलियतपूर्ण नीति अलम्बन गर्ने बारेमा पनि सचेत रहेको प्रधानमन्त्रीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर