महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृतसहित २४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत हेमन्तप्रसाद साहसहित २४ जनाविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । सरकारी सम्पत्ति हानी नोक्सानी पु¥याएको अभियोगमा साहविरुद्ध ११ लाख ९६ हजार मागदाबीसहित आज विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

डिभिजन वन कार्यालय जलेश्वर, महोत्तरीका तत्कालीन सहायक वन अधिकृत बेचन ठाकुर, रम्तेल डाँडा सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन उपाध्यक्ष उमादेबी बुढाथोकी, कोषाध्यक्ष प्रेम बहादुर थापा, सचिव धन कुमारी मगर भनिने धन कुमारी, तत्कालीन सदस्यहरु उर्मिला थापा मगर र पूर्ण बहादुर सुस्लिङ, महोत्तरी, बर्दिबास नगरपालिका–१ बस्ने जग्गाधनीद्वय लिलामणी आचार्य र कृष्ण प्रसाद गौतम, रम्तेल डाँडा सामुदायिक वनका उपभोक्ता एम बहादुर थापा मगर र नन्दमाया खनाल भनिने नन्दमाया क्षेत्री र सिन्धुलीको सुनकोशी गाउँपालिका–४ का रुख कटान गर्ने ठेकेदार सन्दिप नेपालीविरूद्ध पनि अख्तियारले ११ लाख ९६ हजार रुपैयाँ विगो माग दावी गर्दै मुद्दा दायर गरेको छ ।

यस्तै, सब–डिभिजन वन कार्यालय बर्दिवास, महोत्तरीका तत्कालीन सहायक वन अधिकृत लक्ष्मण प्रसाद यादव, फरेष्टर सन्तोष कुमार साह, वनरक्षकहरु राज किशोर झा, अजय कुमार यादव, राकेश कुमार यादव, नारायण ढुंगेल र दिलिप महतोविरूद्ध पनि भ्रष्टाचार आरोपमा अख्तियारले मुद्दा दायर गरेको छ ।

नापी कार्यालय, बर्दिवास महोत्तरीका तत्कालीन अमिन राम दरश राउत, मालपोत कार्यालय बर्दिबास, महोत्तरीका तत्कालीन नायब सुब्बा ओम प्रकाश खड्का र बर्दिबास नगरपालिका वडा नं. १ का तत्कालीन वडा सदस्य शान्ता देवी श्रेष्ठ, बर्दिबास नगरपालिका वडा नं. १ का तत्कालीन वडाध्यक्ष चुडामणी पोखरेल र रम्तेल डाँडा सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन अध्यक्ष शेर बहादुर राउतविरूद्धसमेत अख्तियारले मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *