पिछडिएका वर्गको उत्थान भएमात्रै गणतन्त्रको लक्ष्य पूरा हुन्छ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले सबै जातजाति, भाषाभाषी, उत्पीडित, अल्पसंख्यक तथा पिछडिएका वर्गको उत्थान भएमात्रै संघीय लोकतान्त्रिक गणतन्त्रले राखेको लक्ष्य पूरा हुने बताएका छन् ।

मुस्लिम आयोगको पाचौँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै बुधबार उनले यस्तो बताए ।

उनले नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट संविधान सभाबाट जनहितकारी समावेशिताको सिद्धान्तमा आधारित लोकतान्त्रिक संविधान ल्याउन हामी सफल भएको उल्लेख गर्दै नेपालको संविधान विश्वका उत्कृष्ट संविधानहरुमध्ये एक रहेको र सबै जाजाति, भाषा, धर्म, समुदाय, वर्ग र क्षेत्रको लागि समान हक तथा अधिकारको व्यवस्था गरेको बताए ।

उनले संविधानको व्यवहारिक कार्यान्वय गर्न आग्रह गरे । उनले मुस्लिम समुदायको अधिकार प्रवद्धन, क्षमता विकास र प्रस्फुटीकरणका कार्यक्रमहरु तर्जुमा गरी प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन आयोगले आगामी दिनमा थप प्रभावकारी भूमिका खेलनुपर्ने बताए ।

समानुपातिक समावेशिताको आधारमा मुस्लिम समुदायलाई संविधानप्रदत्त राजनीतिक, आर्थिक र सामाजिक अधिकार सुनिश्चितताको लागि कानूनी व्यवस्था गर्न आवश्यक रहेको उनले बताए । यसका लागि तीन तहको सरकारबाट विशेष नीति तथा कार्यक्रम तर्जमा गरी कार्यान्वयनमा ल्याउनुपर्ने, सबै तह र निकायका सेवा प्रदान गर्ने क्षेत्रमा नेपाली मुस्लिम समुदायको सहभागिताको समान अवसरका लागि उपयुक्त नीति र कानूनी प्रयास गरिनु आवश्यक रहेको उल्लेख गरे ।

उनले भने, ‘समानुपातिक समावेशिताको आधारमा मुस्लिम समुदायलाई संविधानप्रदत्त राजनीतिक, आर्थिक र सामाजिक अधिकार सुनिश्चितताको लागि कानूनी व्यवस्था गर्ने तीनै तहको सरकारबाट विशेष नीति तथा कार्यक्रम तर्जमा गरी कार्यान्वयनमा ल्याउनुपर्ने, सबै तह र निकायका सेवा प्रदान गर्ने क्षेत्रमा नेपाली मुस्लिम समुदायको सहभागिताको समान अवसरका लागि उपयुक्त नीति र कानूनी प्रयास गरिनु आवश्यक छ । राज्यका हरेक निकायमा सहभागिताको समान अवसर प्रदान गरेर सबै जातजाति, भाषाभाषी, उत्पीडित, अल्पसंख्यक तथा पिछडिएका वर्गको उत्थान भएमात्रै संघीय लोकतान्त्रिक गणतन्त्रले राखेको लक्ष्य पूरा हुन्छ भन्ने मलाई लाग्दछ । नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट संविधान सभाबाट जनहितकारी समावेशिताको सिद्धान्तमा आधारित लोकतान्त्रिक संविधान ल्याउन हामी सफल भएका छौँ । नेपालको संविधान विश्वका उत्कृष्ट संविधानहरुमध्ये एक रहेको र यसले सबै जाजाति, भाषा, धर्म, समुदाय, वर्ग र क्षेत्रको लागि समान हक तथा अधिकारको व्यवस्था गरेको छ । यसको व्यवहारिक कार्यान्वयनको लागि म संवद्ध सबै पक्षलाई हार्दिक अपिल गर्न चाहन्छु । मुस्लिम समुदायको अधिकार प्रवद्र्धन, क्षमता विकास र प्रस्फुटीकरणका कार्यक्रमहरु तर्जुमा गरी प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन आयोगले आगामी दिनमा थप प्रभावकारी भुमिका खेल्न सफल होस् ।’

राष्ट्रपति पौडेलले नेपाली समाजबाट लोकतन्त्र, सहिष्णुतापूर्ण र सहयोगपूर्ण व्यवहार विश्वले अनुकरण गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *