हाजिरी जमानतमा छुटे कृष्णबहादुर महरा

सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानतमा छुटेका छन् ।

आज प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा उनले बयान दिएका थिए । त्यसपछि सीआईबीले उनलाई हाजिरी जमानतमा छाड्न प्रक्रिया अघि बढाएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले अनुमति दिएपछि उनलाई छाडिएको हो ।

महरालाई यही चैत ५ मा कपिलवस्तुमा पक्राउ परेका थिए । त्यसपछि काठमाडौं ल्याइएका उनलाई स्वास्थ्य स्थितिका कारण अस्पतालमा राख्न अदालतले आदेश दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर