मस्कोमा आतंककारी आक्रमणमा ६० जनाको मृत्यु

शुक्रबार मस्कोको क्रोकस सिटी हलमा भएको आतंकवादी हमलामा ६० जनाभन्दा बढीको मृत्यु भएको रूसको अनुसन्धान समिति (आईसीआर) का अनुसार छ ।

आतंकवादी आक्रमणका कारण ६० जनाभन्दा बढीको मृत्यु भएको प्रारम्भिक पुष्टि आइसीआरले गरेको छ । घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको संख्या थप बढ्न सक्ने आइसीआरले शनिबार बताएको छ ।

आन्तरिक मामिला मन्त्रालय र संघीय सुरक्षा सेवाको परिचालन एकाईहरूसँग आफ्ना अनुसन्धानकर्ताले मिलेर काम गरिरहेको आईसीआरले जनाएको छ ।

मृतकको शवको जाँच भइरहेको छ भने अपराध स्थलबाट हतियार र गोलाबारुदसहितका सामग्री प्रमाणस्वरूप जफत गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर