महरा पक्राउबारे स्वर्णिम वाग्ले- प्रधानमन्त्रीकै मान्छे भएपनि रास्वपाले गलत गर्नेलाई छोड्दैन भन्ने सन्देश दिएको छ

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्लेले रास्वपा नेपाली राजनीतिको लोकतान्त्रिक मुल प्रवाहमा आइसकेको दाबी गरेका छन् ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताएका हुन् । उनले नेपाली राजनीतिमा स्थापित भइसकेको बताए । उनले पछिल्लो पटक सरकारमा सहभागी भइसकेपछि रास्वपाबाट सरकारमा गएका मन्त्रीहरुले फिल्मको ट्रेलर शुरु गरिसकेको पनि बताए । उनले उपप्रधान एवं गृहमन्त्री रवि लामछिानेले गर्नुभएको कामहरु महत्वपूर्ण रहेको बताए । उनले रास्वपाबाट सरकारमा गएका मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहालका मित्र एवं सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरी कानूनी दायरामा ल्याएको भन्दै रास्वपाले भ्रष्टाचारीहरुलाई नछोड्ने संकेत दिएको उल्लेख गरे । उनले आरती साहको मुद्दालाई टुंगोमा पु¥याउने प्रक्रिया शुरु भएको, सरकारले पन्छ्याएको आयोगहरु पुनः सक्रिय बनउने काम शुरु गरेको, मिटरब्याज पीडितहरुदेखि सहकारीको समस्या समाधानका लागि आवश्यक काम अघि बढाएको पनि बताए ।

उनले भने, ‘फिल्मको ट्रेलर गज्जवसित शुरु भएको छ । माननीय गृहमन्त्रीज्युले जुन कदमहरु लिइरहनुभएको छ । विश्वासको मत लिएकै दिन उहाँले दशौं महिनासम्म अलपत्र परेको, राज्यको नजर नपुगेको, हेलचेक्राँई गरिएको आरती साहको मुद्दालाई टुंगोमा पु¥याउने प्रक्रिया शुरु गर्नुभएको छ । मिटरब्याज पीडितहरुदेखि लिएर सहकारीको समस्या झेल्नेहरुदेखि लिएर, धेरै आयोगहरु पहिला पन्छ्याइएको थियो, त्यसलाई सक्रिय बनाउनुभएको छ । फाइलहरु लुकाउने चोर हामीले सुनिरहेका थियौँ । त्यसलाई पनि उहाँले फाइलहरु टक्टक्याउन थाल्नुभएको छ । तपाईहरुलाई थाहा छ, कृष्णबहादुर महरा भनेको चानचुने राजनीतिक पात्र होइन । ०६२—०६३ पछि त उहाँ उपप्रधानमन्त्री, सभामुख, गृहमन्त्री, परराष्ट्रमन्त्री,अर्थमन्त्री दोहो¥याइ,तेह¥याई हुनुभएको छ । वहालवाला प्रधानमन्त्रीका अनन्य मित्र त्यति नजिकको पात्रलाई पनि हामीले कानूनको घेराभित्र ल्याएका छौँ । त्यो सानो कदम होइन, त्यसले एउटा संकेत गरेको छ । कृष्णबहादुर महरासमेत सत्तासँग यति नजिक, सत्तारुढ दलको उपाध्यक्षलाई समेत कानूनी घेरामा ल्याउनसक्छौँ भने अरु त त्यति ठूलो रहेन । त्यो संकेत दिन खोजेको पनि हो । कुनैपनि मुलुकको यति अनुकुल समय जीवनमा एक पटक आउँदो रहेछ । जनसांख्वीक बनावटले हामीलाई साथ दिइरहेको छ । यसलाई हामीले अहिलेकै जस्तो राजनीतिक अभ्यासमा छोडिदियौँ भने यो खेर जाने भयो, नेपाल कहिले पनि नबन्ने भयो, तर यसलाई सम्हालेर उपयोग गर्ने हो भने देश विकास हुन समय लाग्दैन । हामीलाई पहिला खिसिट्युरी गरिन्थ्यो, यो सानो दलले के गरिखान्छ, यो पानीको थोपो जस्तो हो, एकजना रवि लामिछाने छन्, रवि नहुने हो भने केही पनि होइन भन्दा भन्दै आज हामी नेपाली राजनीतिको लोकतान्त्रिक मुल प्रवाहमा आइसकेका छौँ । हामी स्थापित भइसकेका छौँ । आजका मितिमा सबैभन्दा भरपर्दो विश्वसनीय पार्टी नै रास्वपा बनेको छ ।’

उपसभापति वाग्लेले रास्वपा अभिमन्युझैँ चक्रभित्र पस्न मात्रै जान्ने र निस्किन नजान्ने नभइ चक्र भित्र बसेर पनि निस्किने रोडम्याप आफूहरुसँग रहेको बताउए । उनले नीतिगत भ्रष्टाचार, ठेक्कापट्टामा भाग खोज्नेकुरामा पार्टी जोगिनुपर्ने बताए । उनले जनताले एकैदिन पनि औंला ठड्याउने काम गर्नु नहुने बताए । उनले इलामको उपनिर्वाचनमा रास्वपाले जितेको खण्डमा त्यसले २०८४ को लागि उत्साहको मार्ग प्रशस्त गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *