आयरल्यान्ड ‘ए’ विरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने, विवेक र अनिल टिममा

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आयरल्यान्ड ‘ए’ विरुद्ध दोस्रो खेलमा टस जितेको छ । टियु क्रिकेट मैदानमा हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

नेपालले टोलीमा दुई परिवर्तन गरेको छ । विवेक यादव र अनिल शाह टोलीमा आउँदा दीपेन्द्रसिंह ऐरी र ललित राजवंशी बेन्चमा छन् । आजको खेल जित्दै नेपाल सिरिज आफ्नो पक्षमा पार्ने दाउमा छ ।

सोमबारको खेलमा नेपालले आयरल्यान्ड एलाई ६ विकेटको पराजित गरेको थियो ।

नेपालको प्लेइङ ११ः

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दिप जोरा, अनिल शाह, गुलशन झा, करण केसी, सोमपाल कामी, अभिनाश बोहरा,

बेन्च ः आकाश चन्द, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, प्रतिश जिसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर