नेपालमा प्रभावकारी शिक्षा आवश्यक छ : उपसभामुख राना

उपसभामुख इन्दिरा रानाले नेपालमा प्रभावकारी शिक्षा आवश्यक रहेको बताएकी छन्।

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नै देशमा बालबालिकाहरु बस्न रुचाउने वातावरण सिर्जना गर्न जरुरी रहेको बताइन्।

उनले सानै उमेरबाट बालबालिकाहरुमा राष्ट्रियताबारे अवगत गराउनुपर्ने धारणा राखिन्। उनले नेपालमा आफ्नै संस्कृति, संस्कार, परिस्थितिअनुसारको शिक्षा आवश्यक रहेको बताइन्। उनले नेपाली विद्यार्थीहरुलाई विद्यालयमा व्यवहारिक शिक्षाका बारेमा पनि ज्ञान दिन जरुरी रहेको उल्लेख गरिन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर