गृह मन्त्रालयमा ओलीको ‘छायाँ’ !

शीर्ष नेताहरुको अंगरक्षकलाई बढुवाको दबाबका कारण लामो समयदेखि रोकिएको नेपाल प्रहरीको एसपी बढुवा सिफारिसमा तिनै अधिकारीलाई समावेश गरिएको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरुवाबढुवामा अनावश्यक हस्तक्षेप नगर्ने जनाउँदै आए पनि एसपी बढुवा सिफारिसको क्रममा भने शीर्षस्थ नेताका अंगरक्षकलाई समावेश गर्न प्रहरी प्रधान कार्यालयलाई दबाब दिँदा वरीयतामा अगाडि रहेका प्रहरी अधिकारी बढुवा सिफारिसमा छुटेका हुन् ।

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका अंगरक्षकलाई बढुवा सिफारिसमा पार्न यसअघि हुँदै आएको दबाबलाई गृहमन्त्री लामिछानेले अस्वीकार गर्न सकेनन्, जसका कारण गृह मन्त्रालयमा लामिछाने ओली ‘छायाँ’ जस्तो देखिएको उच्च प्रहरी स्रोतको भनाइ छ ।

नेपाल प्रहरीमा नायब उपरीक्षक (डीएसपी) बाट उपरीक्षक (एसपी) मा बढुवा सिफारिसको क्रममा वरीयतामा अगाडि रहेका केही अधिकारी नै छुटेका हुन् । उनीहरुको सट्टामा वरीयतामा पछाडि रहेका तर शक्तिकेन्द्रका नजिक प्रहरी अधिकारी भने बढुवाको सिफारिसमा परेका छन् ।

गृह मन्त्रालयको दबाबस्वरुप प्रहरी प्रधान कार्यालयले वरीयतामा पछाडि रहे पनि एमाले अध्यक्ष केपी शर्मा ओलीका अंगरक्षक रहेका अधिकारीलाई एसपीमा बढुवा सिफारिस गरेको हो ।

उपप्रधान तथा गृहमन्त्री लामिछानेको दबाबपछि प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर नेतृत्वको बढुवा सिफारिस समितिले उनीहरुलाई पनि बढुवा सिफारिसको सूचीमा समावेश गरेको उच्च प्रहरी स्रोतको भनाइ छ ।

बढुवा सिफारिस हुनेमा ढकेन्द्र खतिवडा, अंगुर जिसी, यादव ढकाल, सन्तोष तामाङ, श्याम बाबु ओलिया, निरन्जन दत्त भट्ट, राजन लिम्बू र विनोद घिमिरे छन् । तामाङ र लिम्बू ओलीका अंगरक्षक थिए ।

पहिलो वरीयतामा रहेका डीएसपी प्रदीपबहादुर क्षत्री, ६ नम्बर वरीयताका नारायण रन्जितकार बढुवा सिफारिसमा छुट्दा नम्बरमा रहेका तामाङ र १२ औं नम्बरमा रहेका घिमिरेलाई सिफारिस गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर