हाजिरी जमानीमा छुटिन् अनेरास्ववियुकी निलम्बित स्थायी कमिटी सदस्य बम

आपराधिक लाभ लिएको आरोपमा पक्राउ परेकी अनेरास्ववियुकी निलम्बित स्थायी कमिटी सदस्य रक्षा बम हाजिर जमानीमा छुटेकी छन् । प्रहरीले बिहीबार राति उनलाई हाजिर जमानीमा छाडेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार थुना बाहिर नै राखेर अनुसन्धान गर्न सकिने भएकाले सरकारी वकिल कार्यालय काठमाडौंमार्फत छाडिएको हो । उनलाई प्रहरी वृत्त महाराजगञ्जको टोलीले गत मंगलबार पक्राउ गरेको थियो ।

एक महिलाको मोबाइल खोसेर गोप्य विवरण नियन्त्रणमा लिएको र ब्ल्याकमेलिङ गरेको आरोपसहित बमविरुद्ध उजुरी परेको थियो । प्रहरीले पक्राउ गरेपछि बमलाई एमालेको भ्रातृ संगठन अनेरास्ववियुले स्थायी कमिटी सदस्यबाट निलम्बित गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *