लोकेश बमको शतकका बाबजुद नेपाल ‘ए’ पराजित

ओपनर लोकेश बमको आक्रामक शतकका बाबजुद नेपाल ‘ए’ ले टि२० सिरिजको पहिलो खेलमा आयरल्यान्ड वल्भ्ससँग २१ रनले पराजित भएको छ ।

आयरल्यान्डले दिएको २ सय २३ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ‘ए’ ले ३ बल अगावै २ सय १ रनमा अलआउट भयो । यससँगै वल्भ्सले सिरिजमा १–० को अग्रता लिएको छ । दोस्रो खेल शनिबार हुनेछ ।

एक समय अविश्वसनीय जितनजिक पुगेको नेपाल ‘ए’ का मध्यक्रमका ब्याटरले फिनिसिङ इनिङ खेल्न नसक्दा टोली हारको सामना गर्न पुग्यो ।

नेपालका लागि लोकेश बमले ५६ रनमा १०६ रन बनाए । लोकेश र आरिफ शेखले चौथो विकेटका लागि १ सय २१ रनको साझेदारी गरेका थिए । आरिफ ४९ रनमा आउट भए । कप्तान विनोद भण्डारीले १७ जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङमा आयरल्यान्ड ‘ए’ का लागि म्याथ्यु हम्फ्रिजले ३ र फिओन ह्यान्ड ३, म्याथ्यु फोस्टर २, ग्याभिन होए, टम मेयस र म्याथ्यु फोस्टरले एकएक विकेट लिए ।

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२२ रन बनाएको थियो ।

आयरल्यान्ड ‘ए’ का लागि पिजे मुरले ४९, रस अडेरले २, केड कारमाइकल र निल रकले समान ३८, स्टेफन डोहेनीले ३४ रनको योगदान दिएका थिए । ग्यारेथ डेल्नी ३० र ग्याभिन होए १८ रनमा अविजित रहे ।

नेपालका कमलसिंह ऐरीले ३ विकेट, सागर ढकाल र आरिफ शेखले एक–एक विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *