वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले हरायो नेपालले, कप्तान पौडेलको शतक

नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदानमा आज भएको सिरिजको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ ले दिएको २ सय ५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले १ सय १२ रनको पारी खेले । यस्तै, अनिल साहले ५, कुशल भुर्तेलले १६, कुशल मल्लले १६, दीपेन्द्रसिंह ऐरीले २४ र विवेक यादवले ७ रन बनाए । गुल्सन झाले ९ र प्रतिश जिसीले ५ रन बनाए ।

वेस्ट इन्डिज ‘ए’ का लागि म्याथ्यु फोर्ड र ओबेद मकोएले समान २ विकेट लिए । किमो पलले १ विकेट लिए ।

वेस्ट इन्डिज ‘ए’ ले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा २ सय ४ रन बनाएको थियो । नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको थियो । वेस्ट इन्डिज ‘ए’का लागि कप्तान रोस्टन चेजले ७४ रन बनाए । कडिम एलेनले, अलिक अथान्जेले ४७, आन्द्रे फ्लेचरले १३ र केसी कार्टिले ३८ रन बनाए ।

नेपालका लागि कमलसिंह ऐरी, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र अभिनाश बोहराले समान १–१ विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *