इलाम–२ मा माओवादी केन्द्रको उम्मेदवारमा धीरेन्द्र शर्मा सिफारिस

इलाम–२ मा आगामी वैशाख १५ मा हुने प्रतिनिधिसभाको उपनिर्वाचनमा माओवादी केन्द्रको उम्मेदवारमा धीरेन्द्र शर्मा तिम्सिना सिफारिस भएका छन् ।

माओवादी केन्द्रको जिल्ला कमिटीले शर्माको एकल नाम प्रदेश कमिटीलाई सिफारिस गरेको हो । २०७४ सालको चुनावमा उनी क्षेत्र नं. २ ‘ख’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । हाल उनी पार्टीमा केन्द्रीय कमिटी सदस्य छन् ।

इलाम–२ बाट सांसद बनेका नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको निधन भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । एमालेबाट नेम्वाङकै छोरा सुहाङ नेम्वाङ उम्मेदवार छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बु उम्मेदवार छन् । कांग्रेसले आफ्नो उम्मेदवार छानिसकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर