सशस्त्र प्रहरीद्वारा हिउँमा फसेका नाम्खा गाउँपालिकाका ३ कर्मचारीको उद्धार

सशस्त्र प्रहरी बलले हुम्ला जिल्लास्थित नाम्खा गाउँपालिका–५ नारा लेकको हिउँमा फसेका तीन जना कर्मचारीको उद्धार गरेको छ ।

सोही गाउँपालिकाका ओभरसियर छेपाक लामासहित तीन जना चीनबाट प्राप्त अनुदानका सामग्री बुझी फर्कने क्रममा हिउँमा फसेकोमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट हिल्साबाट खटिएको टोलीले उनीहरुको उद्धार गरेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

आज बिहीबार बिहान १० बजे उनीहरु हिउँ फसेको भन्ने खबर प्राप्त भएपछि उद्धारको लागि त्यसतर्फ टोली गएको थियो । दिउँसो १ बजे उनीहरुको सकुशल उद्धार गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *