अमेरिकी स्वयंसेवकहरुले वागमती र गण्डकीका ५ जिल्लामा शिक्षा र कृषिमा काम गर्ने

अमेरिकी स्वयंसेवकहरुले वागमती र गण्डकी प्रदेशका विभिन्न जिल्लामा गएर काम गर्ने भएका छन् ।

अमेरिकी सहयोगी संस्था नेपालमा आवद्ध भएका २२ जना स्वयंसेवकहरुले विभिन्न ५ जिल्लामा काम गर्नेछन् । पिस कोर स्वयंसेवकहरुले काम गर्नेको २०९ औं समूहद्वारा शपथग्रहण कार्यक्रममा बोल्दै पिस कोर नेपालका देशीय निर्देशक ट्रोइ कफ्रथले वागमतीको काभ्रेपलाञ्चोक र गण्डकी प्रदेशका लमजुङ, गोरखा, कास्की र स्याङ्जा जिल्लामा काम गर्ने बताए । बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच २२ जना स्वयंसेवकहरुको शपथग्रहण कार्यक्रममा बोल्दै उनले गत माघ महिनामा नेपाल आएका २२ जना स्वयंसेवकहरुले सेवाको तयारी स्वरुप गण्डकी र वागमतीको प्रदेशमा काम गरेको बताए । सन् १९६२ यता नेपाल आएका अमेरिकी स्वयंसेवकहरुको यो २०९ औं समूह हो । नेपाली र अमेरिकी सरकारबीच सन् १९६२ मा नेपालमा पिस कोर कार्यक्रमको स्थापना गर्ने सहमतिमा हस्ताक्षर भएको थियो । दुई वर्षसम्म रहेर स्वयंसेवकहरुले शिक्षा र कृषिको क्षेत्रमा काम गरेको बताए ।

उनले भने, ‘हाम्रो २२ जना नयाँ भोलेन्टियर हुनुहुन्छ । उहाँहरु शिक्षक र कृषिको काम गर्नुहुन्छ । गण्डकी र वागमतीको प्रदेशमा काम गर्नुहुन्छ । काभ्रे, लमजुङ, गोरखा, कास्की र स्याङ्जा जिल्लामा । तीन महिना अघि आउनुभयो, तीन महिना तालिममा काम गर्नुभयो, नेपालको अनुभव धेरै नै राम्रो रह्यो ।’

उनीहरुले भाषिक, अन्तरसांस्कृतिक तथा प्राविधिक प्रशिक्षण पूरा गरेका छन् । उनीहरुले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसँगको समन्वयमा सरकारी विद्यालयहरुमा अंग्रेजी पढाउनुका साथै खाद्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी परियोजनाहरुमा काम गर्नेछन् । नयाँ समूहसँगै नेपालका सात जिल्लामा कार्यरत पिस कोर स्वयंसेवकहरुको संख्या ४० पुगेको छ । पिस कोर विश्व शान्ति तथा मित्रताको उद्देश्यबाट अभिप्रेरित भइ सन् १९६१ मा अम्ेरिकी राष्ट्रपति जोन एफ. केनेडीले स्थापना गरेका थिए । स्थापनाकालदेखि हालसम्म २ लाख ४० हजार भन्दा बढी अमेरिकीहरुले विश्वभर १४४ वटा मुलुकमा सेवा गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *