नेपाल–भारत सीमाबाट दुई पाकिस्तानीसहित ३ पक्राउ, आतंकवादी गतिविधि गर्न खोजेको आरोप

उत्तर प्रदेश एन्टी–टेररिस्ट स्क्वाड (यूपी एटीएस) ले पाकिस्तानी नागरिकसहित ३ जनालाई पक्राउ गरेको छ । उनीहरु नेपालको सीमा हुँदै भारत प्रवेश गरेको यूपी एटीएसले दाबी गरेको छ ।

पक्राउ पर्नेमा पाकिस्तानी नागरिकहरु रावलपिन्डीका मोहम्मद अल्ताफ भट र सैय्यद गजनाफर रहेको र श्रीनगरका नासिर अली पनि पक्राउ परेको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।

एटीएसले जारी गरेको विज्ञप्तिमा उनीहरुसँग नक्कली भारतीय पहिचान प्रमाणपत्रहरु रहेको र भारतमा आतंककारी गतिविधि गर्ने योजना बनाएको जनाइएको छ । तीनै जनालाई महाराजगञ्ज जिल्लाको सुनौलीस्थित भारत–नेपाल सीमानाबाट पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

‘भारतमा आतंककारी गतिविधि गर्ने उद्देश्यका साथ केही आतंककारीहरू भारत–नेपाल सीमा नाकाबाट प्रवेश गर्न लागेको गुप्तचर सूचनामा कारबाही गर्दै, गोरखपुर एटीएस इकाईको टोलीलाई अलर्टमा राखिएको थियो । युनिटले बिहीबार तीन आरोपीलाई भारत–नेपाल सीमा नाका हुँदै भारत प्रवेश गर्ने क्रममा पक्राउ गरेको थियो,’ एटीएसको विज्ञप्तिमा भनिएको छ ।

एटीएसका अनुसार अल्ताफ भट काठमाडौंमा गजनाफरसँग सम्पर्कमा आए र उनीहरूले आधार कार्डलगायत नक्कली भारतीय कागजातहरू पाए । त्यसपछि उनीहरूले अलीलाई भेटे, जसलाई भट र गजनाफरलाई भारत–नेपाल सीमा हुँदै कश्मीर पु¥याउने जिम्मा दिइएको थियो ।

‘मोहम्मद अल्ताफ भट ले एटीएस अधिकारीहरूलाई बताए कि उसलाई मुजफ्फराबादको हिजबुल मुजाहिद्दीन शिविरमा आईएसआईको सहयोगमा कश्मीरलाई भारतबाट स्वतन्त्र गराउने उद्देश्यले तालिम दिइएको थियो । भट आतंककारी गतिविधिहरू सञ्चालन गर्न आईएसआईको निर्देशनमा जम्मू र कश्मीर जान लागेका थिए’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर