नेपाली सेनाको सफा हिमाल अभियानमा १० टन फोहोर संकलनको लक्ष्य

नेपाली सेनाले सफा हिमाल अभियानको चौथो संस्करण चैत २९ गतेदेखि सुरु गर्ने भएको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाली सेनाका सहायक रथी एवं सफा हिमाल अभियान, २०२४ का अभियान निर्देशक सञ्जय देउजाले चैत्र २९ गते टोली प्रमुखलाई प्रधानसेनापति प्रभुराम शर्माले ब्यानरसहित सामान हस्तान्तरण गर्ने बताए । अभियान आगामी जेठ २३ विश्व वातावरण दिवसको दिन सकिने उनले जानकारी दिए ।

देउजाका अनुसार संकलित फोहोरमध्ये नसढ्ने फोहोर रिसाइकल गर्ने संस्थालाई हस्तान्तरण गरिनेछ । अभियानमा सगरमाथा ल्होत्से र नुप्से हिमालका बेसक्याम्प र सो भन्दा माथिका उचाइहरुबाट १० टन फोहोर तथा ५ वटा मानव शव संकलन गर्ने लक्ष्य लिइएको छ ।

‘वातावरण प्रदूूषण हाल विश्वव्यापी रुपमा जल्दोबल्दो समस्या रहेको छ । हिमाली क्षेत्र जुन वातावरणीय तथा पर्यावरणीय दृष्टिकोणले संवेदनशील क्षेत्रको हो, त्यहाँ जम्मा भएका मानव सिर्जित फोहोरहरुले वातावरणमा प्रतिकूल असर गर्दै थप समस्या सिर्जना गरेको वास्तविकता समेत हाम्रो अगाडि रहेको छ ।

सेनाले सन् २०१९ देखि यो अभियान सुरु गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर