राप्रपाको निशानामा गृहमन्त्री लामिछाने !

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाल सरकार समक्ष पेस गरेको ४० बुँदे माग पूरा गराउन दबाब सिर्जना गर्नेक्रममा आज काठमाडौँमा प्रदर्शन गरेको छ । तर, त्यो प्रदर्शनको क्रममा निशानामा भने उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने परेका छन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आज प्रदर्शनपछिको कोणसभामा सहकारीको रकम अपचलनको प्रकरणमा गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्ने बताएका हुन् । ‘सुशासनको कुरा अरूलाई मात्र लागू हुने तपाईंलाई लागू नहुने भन्ने कुरा हुन्न गृहमन्त्रीजी, सहकारीको विषयमा देशले प्रश्न उठाइराखेको छ, तपाईंले सफाइ दिनु पर्दैन? तपाईंले छानबिनका लागि बाटो खोल्नु पर्दैन ? छानबिन गराउनुस् । छानबिन गर्दा तपाईं दोषी देखिनु भएन भने ठीक छ । तर गृहमन्त्री रवि लामिछानेलाई छानबिन नै नहुनुपर्ने कुन त्यस्तो व्यवस्था हो ?’ उनले प्रश्न गरे ।

राप्रपाको प्रदर्शनको क्रममा सहरका विभिन्न क्षेत्रबाट आएको जुलुस निषेधित क्षेत्र उल्लंघन गर्ने प्रयास गरेपछि सिंहदरबार अगाडि भद्रकाली सडकमा प्रहरीसँग झडपसमेत भएको थियो । जुलुसलाई नियन्त्रण लिन सामान्य बल प्रयोग भएको प्रहरीले जनाएको छ ।

तर, अध्यक्ष लिङ्देनले प्रदर्शनमा प्रहरीले दमन गरेको दाबी गरेका छन् । उनले प्रहरी दमनबाट ३० जनाभन्दा बढी घाइते भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *