मलेसियाद्वारा नेपाललाई १ सय ४४ रनको लक्ष्य

मलेसियाविरुद्ध टस हारेर बलिङ गरेको नेपालले जितका लागि १ सय ४४ रनको लक्ष्य पाएको छ । ओमानमा जारी एसिसि प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत खेलमा मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ४३ रन बनाएको हो ।

ओमानको अल अमेरत क्रिकेट मैदानमा भएको खेलमा मलेसियाका कप्तान भिरनदीप सिंहले नटआउन ७२ रन बनाए । सर्भिन मुनियान्डीले ४१ र मोहम्मद आमिरले १६ रन बनाए ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २ र अभिनाश बोहराले १ विकेट लिए ।

नेपालको प्लेइङ ११ मा कप्तान रोहितकुमार पौडेलसहित आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, र अभिनाश बोहरा छन् । त्यस्तै बेन्चमा प्रतिश जिसी, विवेक यादव र अनिल शाह छन् ।

आजदेखि शुरु भएको उक्त प्रतियोगितामा विभिन्न १० टोलीको सहभागिता छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर